११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

११ फागुन, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ०९:०७