सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
१० फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.५९ अकंले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
आइतबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । साथै, रिलायन्स स्पिनिङ मिल्स, कालिका लघुवित्त, मन्जुश्री फाइनान्स, सुपरमादी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमूल्य उच्च अंकले बढेकाे छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १५:२३










