२७.५९ अकंले घट्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार
१० फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.५९ अकंले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
आइतबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस दिन सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १५:१८










