१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१० फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २७.५९ अकंले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

आइतबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, यस दिन रिडी पावर कम्पनी लिमिटेडको ३७ करोड ६० लाख रुपैयाँ, एसवाई प्यानलको ३१ करोड ७७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १५:१४