१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैनः केपी ओली

१० फागुन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशंका बढेको बताउनुभएको छ । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुग्नुभएको ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने बताउनुभयो ।  उहाँले निर्वाचनमा धाँधली हुन सक्ने भन्दै नागरिकस्तरमै गम्भीर चासो व्यक्त भइरहेको बताउनुभयो ।

शान्ति-सुरक्षाप्रति पनि सर्वसाधारण ढुक्क हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता दिन सरकारलाई सुझाव दिनुभयो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १४:४४