होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
१० फागुन, काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग्दै फागुन ५ गते बोर्डमा आवेदन दिएको हो। प्रस्तावित निष्कासनबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ।
प्रकाशित मिति : February 22, 2026 at 2:08 pm









