१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

युनाइटेड मोदीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१० फागुन, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:५५