१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

गोरक्ष हाइड्रोपावरको २४ लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

१० फागुन, काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेको २४ लाख कित्ता सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो ।

कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो ।

सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी १५ दिनभित्र सेयर खरीद फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र हाल कायम सेयरधनीबाट आंशिक वा पूर्ण रूपमा सेयर खरीदका लागि निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:००