लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?
१० फागुन, काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रुपमा आवेदन दिनु पर्नेछ ।
साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ०९:२४










