१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

सागर डिस्टीलरीको लक इन अवधि चैतमा समाप्त हुँदै

१० फागुन, काठमाडौं। सागर डिस्टीलरी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७२ हजार ६०० कित्ता सेयरको लक इन अवधि चैत ११ गते समाप्त हुन लागेको हो ।

कम्पनीले सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत असोज १२ गते भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ०९:०७