८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

८ फागुन, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ (मिलियन डलर राउन्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड, पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी (मिलियन डलर राउन्ड टेबल), २ जना सिओटी (कोर्ट अफ द टेबल) तथा १ जना टिओटी (टप अफ द टेबल) योग्यकर्ता रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

यस कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरुलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु थियो । कार्यक्रम अन्तर्गत “द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ” विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा। रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो, जसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गर्नुभएकाे थियाे ।

साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो । उहाँहरूले सहभागीहरूलाई सम्बोधन गर्दै हाँस्य व्यंग्यमार्फत उत्साह थप्नुका साथै एमडीआरटी योग्यकर्ताहरूलाई सम्मान समेत गर्नुभएकाे थियाे ।

समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयाे । उहाँले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

समग्रमा, एमडीआरटी २०२६ कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्ण रूपमा सफल भएको कम्पनीले जनाएको छ । यस्तो प्रकारका कार्यक्रमले लिडरहरुलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १५:३९