८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

संयुक्त उर्जाले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

८ फागुन, काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले बोर्डमा ४१ करोड ६० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १५:२९