८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

अपर तामाकोसीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रञ्जित नियुक्त

८ फागुन, काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त हुनुभएको छ ।  माघ १९ गते बसेको ३०५औँ बैठकको निर्णयानुसार माघ २० गतेदेखि लागू हुने गरी उहाँलाइ सो जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारीमा मोहनप्रसाद गौतम रहनुभएकाे थियाे । उनको अवकाशपछि कम्पनीको आर्थिक प्रशासन विनियमावली २०६५ र कर्मचारी प्रशासन विनियमावली २०६७ अनुसार रञ्जितको नियुक्ति भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १४:१७