रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित
८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखराको चुनावी सभा कार्यक्रम पनि स्थगित भएको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिनुभयाे ।
रास्वपाले भैरहवामा शनिबार र पोखरामा आइतबार सभाको आयोजना गरेको थियो। अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।
प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १३:०९










