२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

बीमा दाबी लिन बीमितलाई यूनाइटेड अजोडको आग्रह

८ फागुन, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीमा बीमा दाबीका लागि निवेदन दिएर लामो सयमदेखि सम्पर्कमा नआएका बीमितलाई कम्पनीले सम्पर्कमा आउन आग्रह गरेको हाे ।

कम्पनीले सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा तथा विविधि बीमा अन्तर्गतका दाबीको दाबी भुक्तानी लिन ३५ दिनभित्र सम्पर्कमा आउन आह्वान गरेको छ।  उक्त समयसम्म पनि सम्पर्कमा नआउने बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति : February 20, 2026 at 10:52 am