८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

सिद्धार्थ बैंकले सार्वजनिक गर्यो कर्जा लिएर नतिर्ने ऋणीको नाम

८ फागुन, काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना जारी गर्दै पटक-पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि बक्यौता नतिरेपछि सार्वजनिक सूचना प्रकाशन गर्न बाध्य भएको जनाएको छ ।

सूचनाअनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुनबमोजिम पटक–पटक ताकेता गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएको र कर्जा चुक्ता नगरेको उल्लेख गरिएको छ। सम्बन्धित क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य देय रकम चुक्ता गर्न अन्तिम अवसर दिइएको बैंकले जनाएकाे छ ।

बैंकले सार्वजनिक गरेको सूचीमा ऋणीको नाम, ठेगाना, कर्जा खाता नम्बर, जारी मिति र जारी स्थानसमेत समावेश गरिएको छ। बैंकले तोकिएको अवधिभित्र सम्पर्कमा नआए कानुनबमोजिम धितो लिलाम प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ। साथै, ऋणी तथा सरोकारवालालाई सम्बन्धित शाखामा सम्पर्क गरी बक्यौता रकम बुझाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १०:३९