माविलुङ इनर्जीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
८ काठमाडौं। माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आजबाट समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
कम्पनीले गत साउन २६ गतेदेखि साउन २९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको छ । उक्त आईपीओ बाँडफाँड गत भदौ ८ गते भएको थियो । लक-इन अवधि सकिएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १०:१६










