युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासनका लागि तोक्यो बुक क्लोज मिति
८ फागुन, काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसकाे अर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : February 20, 2026 at 9:29 am









