७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

रास्वपाको बाचापत्रः ७ वर्षमा ३ हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी

७ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  आगामी निर्वाचनको लागि बाचापत्र सार्वजनिक गरेको छ। बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेको हो ।

रास्वपा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले १८ लोकप्रिय नारा सहितको बाचापत्र सार्वजनिक गर्नुभयाे । उहाँले रास्वपालाई स्पष्ट बहुमत दिए मुलुकमा अर्थतन्त्रको सुधार गर्न स्पष्ट खाका काेर्ने बताउनुभयाे । उहाँले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमूल सुधारको यात्रा तय गर्ने बताउनुभयाे ।

उहाँले १० वर्षमा सम्मानजनक आय भएको मुलुक बनाउने पनि घोषणा गर्नुभयाे । उहाँले मुलुकको स्थिर मूल्यका आधारमा आगामी सात वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताउनुभयाे । उहाँले ५ देखि ७ वर्षमा १०० खर्ब डलरको अर्थतन्त्र बनाउने योजना रहेको बताउनुभयाे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १६:०३