७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

२९.३४ प्रतिशतले बढ्यो साल्ट ट्रेडिङको नाफा

७ फागुन, काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा २९.३४ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

यस्तै समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो ।

चालु आवको ६ महिनामा कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । ३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १०:३१