७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

आईपीओको प्रस्ताव पारित गर्न सिम्रिक एयरले बोलायो साधारण सभा

७ फागुन, काठमाडौं। सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा बोलाएको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २८ गते साधारण सभा बोलाएको हो ।

उक्त सभा काठमाडाैंमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावली संशोधन गर्ने र गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित समेत पारित गरिनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार ०९:१७