अब सिंहदरबार बनाउने होइन, बदल्ने होः रबि लामिछाने
६ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार केवल बनाउने नभएर, बदल्ने बताउनुभएकाे छ । बुधबार धनगढीमा आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्नुहुँदै लामिछाने यस्ताे बताउनुभएकाे हाे ।
उहाँले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म ससाना समस्या होइन, देशका समग्र समस्याको समाधान गर्न आएको हुँ। सिंहदरबार जलायो भनेर कुरा गरिन्छ, तर अब सिंहदरबार बनाउने भन्दा पनि बदल्ने हो।’
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १६:३८










