कांग्रेस केन्द्रीय समिति बैठकले पारित गर्याे प्रतिज्ञा पत्र
६ फागुन, काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १२:२६










