६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

६ फागुन,काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । उक्त घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले टिपर जलाएका छन् । स्थानीयको विरोधले अहिले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १०:४२