कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
६ फागुन, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज फागुन ६ गते बस्ने भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ०६:१८










