५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै पर्यो ६.१६ गुणा बढी आवेदन

५ फागुन, काठमाडौं। सुपर खुदी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आईपीओमा ७ लाख ८ हजार ४९० जनाले ७९ करोड २५ लाख ४० हजार रुपैयाँ बराबरको ७९ लाख २५ हजार ४०० कित्ताका लागि आवेदन दिएका छन् । याे मागभन्दा ६.१६ गुणा बढी आवेदन हाे ।

कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता आइपीओ निष्काशन गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 यो आईपीओ लगानीकर्ताले छिटोमा फागुन ११ गते र ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १७:४४