झापा ५ को विकासका लागि यस्ता छन् ओलीको संकल्प
५ फागुन, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले प्रतिवद्धता पत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई मुख्य आधार बनाउनुभएकाे छ ।
एमालेले यस क्षेत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको छ।


प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १६:४५










