५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

५ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर स्थिर रहेको हो । आज रिडि पावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ५३ करोड ३६ लाखको कारोबार भएको छ । त्यस्तै, यस दिन आखुखोला जलविद्युतको ४४ करोड ५२ लाख र न्यादी ग्रुप पावरको ३१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १५:२८