सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै
५ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर स्थिर रहेको हो । आज सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, यस दिन रिलायन्स मिल्सको सेयर मूल्य ९.६४ प्रतिशत, बुद्धभुमी नेपालको सेयर मूल्य८.३९ प्रतिशत, त्रिशुली जलविद्युतको सेयर मूल्य ६.३१ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १५:२४










