नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२.१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरुको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १५:१८










