नेप्सेले दियो गिरावटलाई निरन्तरता, काराेबार रकम भने बढ्याे
५ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर स्थिर रहेको हो । यस दिन सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। यस दिन रिडी पावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे हाे ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १५:१२










