५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

सडकमा हिँडिरहेका वृद्धमाथि कुटपिट, प्रहरीले खोज्दै छ कार चालक

५ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । बीच सडकमा कार रोकेर सडकमा हिँडिरहेका वृद्धलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । साे भिडियो भाइरल बनेपछि प्रहरीले कार चालककाे खोजी सुरु गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताउनुभयाे । उक्त भिडिओमा कारबाट झरेका व्यक्तिले वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १४:३६