५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

वर्ल्डलिंकद्वारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण

५ फागुन, काठमाडाैं। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदिएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान गरेको हो ।

नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुादै आएको थियो । स्वस्थ्यचौकीमा देखिएको समस्याको समाधानको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो ।

यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले बताइन् । उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वर्ल्डलिंकले देशका विभिन्न स्थानमा समुदायमुखी सामाजिक उक्तरदायित्वका कार्यत्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताइन् । उनले प्रविधि र पूर्वाधारसागै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जानकारी दिए ।

यसैबीच, वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ । लोकोपकार संस्थासंगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा सो कार्यक्रम संचालन गरेको थियो ।

निर्देशक जालानले विद्यालयमा पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएकी थिइन् ।

उक्त अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यामबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने जालानले बताइन् । वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुाच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १४:०४