५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

५ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.६६ अंकले बढेर २६६३.५७ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ स्टकको ९७ पटकको कारोबारमा ३६ लाख २५ हजार १६३ रुपैयाँ बराबरको ६ हजार ९५४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ११:००