५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

झापा इनर्जीको लक इन अवधि चैतमा सकिँदै

५ फागुन, काठमाडौं। झापा इनर्जी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको २८ हजार ५१४ कित्ता सेयरको लक इन अवधि चैत ७ गते समाप्त हुन लागेको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत असोज ८ गते भएको थियो । लकइन अवधि सकिएपछि सो सेयर किनबेच गर्न पाइनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १०:१३