५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

सूर्यकुण्ड हाईड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

५ फागुन, काठमाडौं। सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बिहान धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म आम सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो ।क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएको छ भने ४० हजार ६८० आवेदन बदर भएकाे छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड भएको भएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५७ हजार २४३ जनाले मात्र आईपीओ हात पारेका छन्। यी मध्ये १ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्

कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओको नतिजा शेयरबाट: https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०९:५१