४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

माछापुच्छ्रे बैंकले अग्राधिकार सेयर निष्काशन गर्न पायो अनुमति

४ फागुन, काठमाडौं। माछापुच्छ्रे बैंकले अग्राधिकार सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर अनुमति गर्न स्वीकृति दिएको हो ।

अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नेछ । बैंकले यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ । बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १६:००