१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

४ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.१६ अंकले घटेर २६६२.९१ को बिन्दुमा बन्द भएको छ । यस दिन ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १६३ कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।यस दिन रिडी हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै,आँखुखोला जलविद्युत कम्पनीको ५२ करोड ३६ लाख १५ हजार रुपैयाँ,ङादी ग्रुप पावरको ४८ करोड २७ लाख ८५ हजार रुपैयाँ, एसवाई प्यानल नेपालको ३४ करोड ४२ लाख ११ हजार रुपैयाँ, खानीखोला हाइड्रोपावरको २५ करोड ५२ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : February 16, 2026 at 3:19 pm