नेप्सेमा सामान्य अंकको गिरावट, ७ अर्ब ९४ करोडको कारोबार
४ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.१६ अंकले घटेर २६६२.९१ को बिन्दुमा बन्द भएको छ । यस दिन ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १६३ कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन ३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बुद्धभुमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।
खानी खोला हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९.३८ प्रतिशत घटेको छ। यस दिन रिडी हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १५:१५










