४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

४ फागुन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.१६ अंकले घटेर २६६२.९१ को बिन्दुमा बन्द भएको छ । यस दिन ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १६३ कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस दिन ३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बुद्धभुमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १५:१०