होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
४ फागुन, काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान बाँडफाँड गरेको हो ।
कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
साेमध्ये २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता सेयरका लागि परेको २४ लाख ४ हजार ४७७ आवेदन सदर भएको छ । कम्पनीकाे आईपीओमा मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी सबै आवेदकको हात खाली भएकाे छ ।
कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओकाे नतिजा बिक्री प्रबन्धकको वेबसाइट:https://www.nicasiacapital.com/ipo-result , मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १०:०७










