११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

छुट्ला है ! रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

४ फागुन, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आम सर्वसाधारणका लागि गत माघ २८ गतेदेखि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : February 16, 2026 at 9:11 am