उज्यालो नेपाल पार्टीको घोषणापत्रः २५ हजार मेगावाट बिजुलीदेखि ४५ लाखलाई रोजगारीसम्म
३ फागुन, काठमाडौं । उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगाएतका नेताहरुले चूनाव केन्द्रीत घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे । घोषणापत्रमा सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
पार्टीले देशको प्रशासनिक खर्च घटाउन प्रतिनिधि सभा २०१ र प्रदेश सभा सदस्य संख्या ५५० बाट ३३० मा झार्ने उल्लेख छ। यस्तै, संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ वटामा सीमित गर्ने र राज्यमन्त्री वा सहायकमन्त्री नराख्ने नीति लिइएको छ। ‘प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री’को अवधारणा अघि सारिएको छ।
उज्यालो नेपालले पनि निशुल्क स्वास्थ्य, शिक्षा, सहज रुपमा रोजगारीको व्यवस्थालाई घोषणापत्रमा उल्लेख गरेको छ भने आगामी ५ वर्षभित्र ८ हजार कि.मि. कालोपत्रे, ४ हजार कि.मि. ग्राभेल र ३ हजार कि.मि. नयाँ ट्रयाक खोल्ने काम गरिने जनाएको छ ।
ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
सन् २०३५ सम्ममा नेपालको अर्थतन्त्रलाई १११ अर्ब अमेरिकी डलर पुर्याउने र प्रतिव्यक्ति आय करिब ४ हजार डलर पुर्याएर मुलुकलाई मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गर्ने प्रतिबद्धता गरिएको छ। पार्टीले आगामी ५ वर्षमा ४५ लाख ९वार्षिक ९ लाख० नयाँ रोजगारी सिर्जना गर्ने र युवाहरूका लागि १० लाख रुपैयाँसम्मको विना धितो स्टार्टअप ऋण उपलब्ध गराउने उल्लेख गरेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १६:१२










