३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

रास्वपाले ल्यायो नागरिक करारपत्र

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ ।  रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका पाँच बुँदे करारपत्र सार्वजनिक गरेको हो ।

बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने बताउँदै नागरिक करार मजुर गर्ने रास्वपाले बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १५:५५