२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ५.७ प्रतिशतले बढ्यो

३ फागुन, काठमाडाैं । चालु आवको पुस महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। याे अवधिमा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रूपैयाँले बढेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत (रु.२३९ अर्ब ६ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत,३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : February 15, 2026 at 2:17 pm