३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा

३ फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल  दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हाे ।

लगातार तीन  जित निकालेको वेस्ट इन्डिज भने सुपर-८ मा पुगेको छ। आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज १५.२ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो।

वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे ।

पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए । नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १४:२८