नेपालकाे पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली
३ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने बताउनुभएको छ । आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
साथै, ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनुभएको छ । पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उहाँको भनाइ थियो । ‘चुनावको वातावरण सरकारले बनाउने हो। यसै भन्न सकिन्न, चुनाव हुने भए हामी भाग लिन्छौँ,’ ओलीले भन्नुभयो ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १३:५१










