सूर्यकुण्ड हाईड्रोको नाफा २१ लाख ६४ हजार
३ फागुन, काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ४८ हजारबाट बढेर ५२ लाख ६८ हजार पुगेको छ । यस्तै ह्रासकट्टी खर्च पनि ८ लाख ७२ हजारबाट बढेर ४ करोड ७६ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.९१ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०९:१५










