३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

हिमाली हाईड्रो फण्डले आईपीओ निष्कासन गर्ने

३ फागुन, काठमाडौं। हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा बोलाएको छ । कम्पनी सभा फागुन २४ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने, आईपीओसँग सम्बन्धित कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०९:०७