१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ग्यास सहज र नियमित रूपमा उपलब्ध गराउन अनेरास्ववियुको माग

१ फागुन, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेशले इन्चार्ज नितेश लामिछानेको नेतृत्वको टोलीले शुक्रबार नेपाल आयल निगम लिमिटेडलाई ज्ञापनपत्र बुझाउँदै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति ध्यानाकर्षण गराएको हो ।

‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा अनुगमन र कारबाही गर्न र सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रभावकारी व्यवस्था गर्न निगमसमक्ष जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति : February 13, 2026 at 6:18 pm